८९ वर्षको उमेरमा नागरिकता पाइन् गिठीदेवीले

८९ वर्षको उमेरमा नागरिकता पाइन् गिठीदेवीले

बझाङ : जिल्ला सदरमुकाम चैनपुरबाट डेढ घण्टाको दूरीमा रहेको मष्टा गाउँपालिकाकी गिठीदेवी जोशीले ८९ वर्षको उमेरमा नागरिकता पाएकी छन्। 

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले जोशीलाई घरमै गएर नागरिकता दिएका हुन्। सदरमुकाम नजिकै बसे पनि जन्मेको नौ दशकसम्म पनि उनले नागरिकता पाएकी थिइनन्।

नागरिकताको आवश्यकताबारे थाहा नपाउँदा र सरकारले दिने सेवाबारे जानकार नहुँदा उनी नागरिकता बिहिन थिइन्।

पञ्चायतकालमा सरकारले दिएको अस्थायी निस्साको कागजले सानोतिनो काम चल्दै आएको हुँदा उनले नागरिकता बनाएकी थिइनन्।

तर गाउँमा धेरै जनाले सदरमुकाम गएर नागरिकता बनाउन सुझाव दिएपछि प्रशासनलाई जानकारी गराएर उनलाई घरमै आएर नागरिकता दिइएको हो।

साउन २७, २०८० शनिबार ११:२२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।