बेनी-जोमसोम सडक आइतबारदेखि पाँच दिनका लागि पूर्ण रुपमा बन्द

बेनी-जोमसोम सडक आइतबारदेखि पाँच दिनका लागि पूर्ण रुपमा बन्द

म्याग्दी : बेनी-जोमसोम सडक पाँच दिनका लागि पूर्ण रुपमा बन्द भएको छ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडक खण्ड पाँच दिनका लागि पूर्ण रुपमा बन्द गरिने भएको हो।

यो म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडक हो। जसको राहुघाट–तातोपानी खण्डमा चट्टान काटी सडक चौडा गर्ने क्रममा सडकमा कङ्क्रिट गरी सकिएको स्थानमा माथिबाट पहिरो जाने क्रम सुरु भएकाले सडक बन्द गर्न लागिएको हो।

उक्त सडकमा ढुङ्गा खस्ने समस्याको स्थायी निराकरणका लागि साउन २८ गते आइतबारदेखि साउन ३२ गते बिहीबारसम्म पाँच दिनका लागि सडकखण्ड पूर्ण रुपमा बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

साउन २७, २०८० शनिबार ०७:२८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।