आज देशभर वर्षा हुने, यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

आज देशभर वर्षा हुने, यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : आज (शनिबार) देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  

आज कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकोले पानी पर्ने सम्भावना बढी भएको हो।

राति पनि देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साउन २७, २०८० शनिबार ०७:१०:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।