न्यूनचापीय रेखा नेपाल नजिक सर्‍यो, भोलि र पर्सी भारी वर्षा हुने

न्यूनचापीय रेखा नेपाल नजिक सर्‍यो, भोलि र पर्सी भारी वर्षा हुने

काठमाडौं : मनसुनको न्यूनचापीय प्रणाली सरदर स्थानभन्दा उत्तरतिर नेपाल नजिक सरेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ जारी गरेको बुलेटिनमा न्यूनचापीय रेखा नेपाल नजिक सरेको भन्दै भारतको उत्तर प्रदेश र बिहार नजिक रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको जनाएको हो।

शुक्रबार राति पनि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एक दुई स्थानमा भारी वर्षाको सम्भवना हुने बताएको महाशाखाले शनिबार र आइतबार पनि भारी वर्षाको सम्भावना रहेको जनाएका छन्।

शनिबार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ।

यस्तै आइतबार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै साथै बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना छ।

साउन २६, २०८० शुक्रबार २१:४०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।