सुनिल शर्मालाई थुनामा राख्ने म्याद थप गर्न अदालतले अनुमति दिएन

सुनिल शर्मालाई थुनामा राख्ने म्याद थप गर्न अदालतले अनुमति दिएन

काठमाडौं : अदालतले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामा राख्न म्याद थप गर्न अस्वीकार गरेको छ।

काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश दन्डपाणी शर्माको इजलाशले शर्मालाई उनलाई थुनामुक्त गर्न आदेश दिएको हो।

थुनामा राख्नका लागि म्याद थप गर्न जाँदा इजलाशले यस्तो आदेश दिएको हो। न्यायाधीशले थुना बाहिर राखेर अनुसन्धान गर्न भनेका छन्।

नक्कली प्रमाणपत्र प्रकरणमा शर्मालाई सीआईबीले बिहीबार पक्राउ गरेको थियो।

क्कली प्रमाणपत्र प्रकरणमै पक्राउ परेका शर्माबाहेकका अन्य पाँच जनालाई भने अदालतले पाँच दिन हिरासतमा राख्न समय दिएको छ।

साउन २६, २०८० शुक्रबार १८:१९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।