कांग्रेसले भन्यो- सुनिल शर्मा पक्राउ आपत्तिजनक र अप्रत्यासित

कांग्रेसले भन्यो- सुनिल शर्मा पक्राउ आपत्तिजनक र अप्रत्यासित

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले पार्टीका सांसद सुनील शर्मा पक्राउ आपत्तिजनक र अप्रत्यासित भएको निष्कर्ष निकालेको छ।

शुक्रबार बसेको पार्टीको संसदीय दलको बैठकले सांसद शर्मा पक्राउ अप्रत्यासित र आपत्तिजनक रहेको निष्कर्ष निकालेको हो। यद्यपि बैठक भने जारी नै छ।

‘यो आपत्तिजनक र अप्रत्यासित छ। दलको बैठक जारी छ। यसबारेमा हामी थप अध्ययन, छलफल गरेर आइतबार निर्णय गर्छौ’, कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकपछि भने।

नक्कली शैक्षिक प्रमाणपत्र भएको आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको हो।

नेता लेखकका अनुसार कांग्रेस संसदीय दलको बैठक आइतबार साढे १२ बजे पुनः बस्नेछ। शुक्रबारको बैठकमा १९ जना सांसदहरुले धारणा राखेका छन्।

यसबाहेक कांग्रेसले जनजीविकाका सवालमा अन्य चारवटा विषयमा निर्णय गरेको छ।

अविरल बर्खाका कारण देशभरी बाढी पहिरो र डुबानबाट धेरै मानिसले ज्यान गुमाएको भन्दै बैठकले  त्यसबाट क्षति सार्वजनिक र नीजि भौतिक संरचनामा क्षति भएकाले तत्काल बाढी पहिरो र डुबानबाट भएको हानी नोक्सानीका बारेमा राहत, उद्दार र पुर्नस्थापना गर्न सरकारसँग माग गरेको छ।

त्यस्तै लम्पी स्किनबाट हजारौ पशु चौपायको मृत्यु हुँदा किसानले बेहोरेको क्षतिप्रति राहत र उपचारको व्यवस्था मिलाउन पनि सरकारसँग कांग्रेस दलको बैठकले माग गरेको छ। 

त्यसबाहेक डेंगु र आँखाको रोगको उपचारका लागि उचित व्यवस्था गर्न र तराई मधेसमा यो वर्ष पानी कम परेकाले कममात्रामा धान रोपाई भएकाले यो समस्याप्रति पनि उचित ध्यान दिन सरकारसँग माग गरेको छ।

साउन २६, २०८० शुक्रबार १७:३१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।