घर, व्यवसाय र शेयरमा लगानी गर्न एनआईसी एशिया बैंकको कर्जा योजना

घर, व्यवसाय र शेयरमा लगानी गर्न एनआईसी एशिया बैंकको कर्जा योजना

काठमाडौं : एनआईसी एशिया बैंकले घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ।

बैंकले न्यूनतम २५ लाख रुपैयाँदेखि अधिकतम १२ करोड रुपैयाँसम्मको अठोट घर कर्जा योजना ल्याएको हो। यसमा २५ वर्षसम्मको कर्जा अवधि राखिएको छ।

यस्तै, बैंकले ल्याएको अठोट साना व्यवसाय कर्जामा न्यूनतम २५ लाख रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ। यसको कर्जा अवधि १५ वर्ष तोकिएको छ।

त्यसैगरी न्यूनतम ५० लाख रुपैयाँदेखि अधिकतम १२ करोड रुपैयाँसम्मको अठोट शेयर धितो कर्जाको हकमा समेत आकर्षक तथा न्यूनतम ब्याजदर लागू हुने बैंकको दाबी छ।

यस कर्जामा एक वर्षको भुक्तानी अवधि रहने र वार्षिक रुपमा नवीकरण गर्न सकिने बैंकले जनाएको छ।

साउन २६, २०८० शुक्रबार १७:१९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।