एनसेलले थप्यो ३३८ वटा बीटीएस टावर

एनसेलले थप्यो ३३८ वटा बीटीएस टावर

काठमाडौं : एनसेल आजियाटा लिमिटेडले ३३८ नयाँ बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) टावर जडान गरेको छ।

गत आर्थिक वर्षमा कम्पनीले देशका विभिन्न नयाँ ठाउँमा सेवा विस्तार र गुणस्तरलाई थप सुधार गर्दै ३३८ वटा टावर जडान गरेको हो।

स्थानीयलाई लाभ दिनका लागि कम्पनीले पहिलो पटक उत्तरगया गाउँपालिका (रसुवा), ठाटीकाँध गाउँपालिका (दैलेख), दुर्गाथली गाउँपालिका (बझाङ), जन्तेढुङ्गा गाउँपालिका (खोटाङ) का ग्रामिण इलाकाहरु, र इनरुवा नगरपालिकाका नयाँ स्थानहरूमा फोरजी सेवा विस्तार गरेको हो।

गत आर्थिक वर्षमा एनसेलले सेवालाई गुणस्तरीय बनउन भन्दै २८३ नयाँ टावर जडान गरेको थियो। यी मोबाइल टावरहरू सातै प्रदेशका ५० भन्दा बढी जिल्लामा जडान गरिएका थिए।

एनसेलले फोरजी क्षमता अभिवृद्धि गर्दै गत आर्थिक वर्षमा विभिन्न ६० जिल्लाका झण्डै १ हजार ४५० मोबाइल टावरहरूको स्तरोन्नत्ति पनि गरेको थियो। यसरी स्तरोन्नत्ति गरिएका टावहरुहरू मध्ये ७८० भन्दा बढी विभिन्न नगरपालिकामा स्थापना गरिएका हुन्।

त्यसैगरी गाउँपालिका स्तरमा जडित ४४० बढि टावरहरूको स्तरोन्नत्ति गरिएको छ। यसबाहेक, एनसेलले देशका विभिन्न महानगरपालिका र उप–महानगरपालिकामा रहेका आफ्ना टावरहरूको स्तरोन्नत्ति गर्दै फोरजीको क्षमता अभिवृद्धि गरेको छ।

ग्राहकहरुलाई फोरजी अन्तर्गत उच्चगतिको मोबाइल ब्रोडब्याण्ड र भ्वाइस ओभर लङ्ग टर्म इभोलुसन (भोल्टे) सेवामा पहुँच सुनिश्चित गर्न देशभरी एनसेलको ४,००० भन्दा बढि फोरजी टावरहरू सञ्चालनमा रहेका छन्।

साउन २६, २०८० शुक्रबार १७:०७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।