पर्यटक बसको कार्टुनमा ५२ लाख बराबरको नक्कली नेपाली नोट, लुम्बिनीबाट नोट भित्र्याउने नौ जना पक्राउ

पर्यटक बसको कार्टुनमा ५२ लाख बराबरको नक्कली नेपाली नोट, लुम्बिनीबाट नोट भित्र्याउने नौ जना पक्राउ

काठमाडौँ : लुम्बिनीबाट काठमाडौँ आउँदै गरेको पर्यटक बसमा ५२ लाख ७५ हजार  नेपाली नक्कली नोट भित्रिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार थानकोटमा चेकिङ गर्ने क्रममा चाउचाउको कार्टुनमा नेपाली नक्कली नोट फेला परेको हो।

उनीहरूले नक्कली नोट चाउचाउको पकेटमा राखेर गाडीको डिक्कीमा राखेको प्रहरीले जानकारी दिएको छ।

बसका चालक र सहचालकलाई अचारको बट्टा पुर्याइदिन भन्दै लुम्बिनी बसपार्क आएका युवाले डिकीमा कार्टुन राखिदिएको प्रहरीको दाबी छ।

यता भेट गर्ने व्यक्ति आफैँले फोन गर्ने भन्दै चालकलाई नम्बर पनि दिएका थिएनन्। ठुलो परिणाममा प्रेसमा छापिएको नेपाली नक्कली नोट फेला परेपछि प्रहरीले काठमाडौँमा विशेष अप्रेशन चलाएर ९ जनलाई पक्राउ गर्यो।

प्रहरीले अर्जुन सुबेदी, सुशील कार्की, शिव भण्डारी, मिलन भण्डारी, श्रीकृष्ण भण्डारी, युवराज राई, अर्जुन बुढा, सागर आचार्य, पार्वती नेपाली गरी ९ जनालाई पक्राउ गरेको हो।

अर्जुन समूहको नाइके जस्तो देखिएको प्रहरीको आशङ्का देखियो। बैङ्किङ कसुर, चोरी तथा ठगी मुद्दा गरी हाल सम्म ७ वटा मुद्दामा उनी प्रहरीको हिरासत पुगिसकेको व्यक्ति हुन्।

साउन २६, २०८० शुक्रबार १५:३३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।