साउदी अरबका राजदूतसँग राष्ट्रपति पौडेलको शिष्टाचार भेट

साउदी अरबका राजदूतसँग राष्ट्रपति पौडेलको शिष्टाचार भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि साउदी अरबका राजदूत साद नसीर अब्दुल्लाह अबुहैमदबीच शिष्टाचार भेट भएको छ।

बिहीबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शिष्टाचार भेटमा दुई देश बीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

भट्टराईका अनुसार भेटमा राष्ट्रपति पौडेलले साउदी सरकारले नेपालको विभिन्न क्षेत्रको विकासका लागि पुर्याएको सहयोगका लागि धन्यवादसमेत व्यक्त गरे।

यस्तै, नेपाल र साउदी अरब बीच सहकार्य गर्नका लागि पर्यटन एक महत्त्वपूर्ण सम्भावित क्षेत्र रहेको कुरासमेत राष्ट्रपति पौडेलले बताएको प्रवक्ता भट्टराईले जानकारी दिइन्।

साउन २६, २०८० शुक्रबार १४:५०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।