सत्तापक्षले संसदीय मर्यादा विपरीत चल्यो, हामीले जनताका मुद्दा उठाउन पाएनौं : रघु पन्त

सत्तापक्षले संसदीय मर्यादा विपरीत चल्यो, हामीले जनताका मुद्दा उठाउन पाएनौं : रघु पन्त
फाइल तस्बिर

काठमाडौं : एमाले सांसद रघु पन्तले सत्तापक्ष संसदीय मर्यादा विपरीत चलेको आरोप लगाएका छन्।

प्रतिनिधि सभामा बैठकमा सभामुखले प्रमुख प्रतिपक्षी दललाई बोल्न दिएपछि सत्तापक्षका सांसदहरूले उठेर विरोध जनाउनु संसदीय इतिहासमा विरलै हुने घटना भएको उनले बताए।

उनले भने, ‘यो अगाडि र आज पनि संसद चल्न नदिने कुरामा सत्तापक्ष अगाडि बढेको देखियो। सत्तापक्षको भूमिका खेदजनक छ।’

आफ्नो पार्टीले जनताको एजेण्डामा सरकारलाई ध्यानाकर्षण गराउन लागेको बेलामा सत्तापक्षले बोल्नै नदिएर होहल्ला गरेको उनको भनाइ छ।

सरकारको कारणले सदनमा जनताको विषय उठाउन नपाएको बताए।

साउन २६, २०८० शुक्रबार १४:३५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।