रास्वपाले संसद अवरुद्ध भएको समयको कुनै पनि सुविधा नलिने

रास्वपाले संसद अवरुद्ध भएको समयको कुनै पनि सुविधा नलिने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अवरुद्ध भएको समयको कुनै सेवा सुविधा नलिने भएको छ।

प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि सभामुखलाई भेटेर पार्टीका सांसदहरूले संसद नचलेको बेलाको कुनै सेवा सुविधा नलिन व्यवस्था गरिदिन आग्रह गरे।

सांसदहरूले पार्टीको तर्फबाट आधिकारिक पत्रसमेत दर्ता गराएका छन्। पत्रमा संसद सुचारु गर्नका लागि सभामुखलाई पहलकदमी गर्न आग्रह गरिएकोसमेत छ।

साउन २६, २०८० शुक्रबार १४:२९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।