निजी विद्यालय सञ्चालकहरूले घोषणा गरेको विद्यालय बन्द गर्ने आन्दोलन स्थगित

निजी विद्यालय सञ्चालकहरूले घोषणा गरेको विद्यालय बन्द गर्ने आन्दोलन स्थगित

काठमाडौं : निजी विद्यालय सञ्चालकहरूले घोषणा गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित भएको छ।

संसदमा पेश गर्न लागिएको शिक्षा विधेयकले निजी विद्यालयहरूलाई बाइबास गरेको भन्दै हिसान, एन प्याब्सन र प्याब्सनलगायतका संस्थाहरूले विद्यालय बन्ददेखि विद्यालयका बस सडकमा पार्किङ गर्नेसम्मका आन्दोलनक कार्यक्रम घोषणा गरेका थिए।

आन्दोलन स्थगित भएसँगै आइतबारदेखि विद्यालय बन्द नहुने प्याब्सनले बताएको छ। प्याब्सनले सरकारसँग वार्ता भइरहेको बताएको छ।

एक साताअघि शिक्षा विधेयक मन्त्रिपरिषद्बाट संसदमा पेश गर्नका लागि स्वीकृत भएको थियो। विधेयकमा भएको पाँच वर्षभित्र निजी विद्यालयलाई गुठीको रूपमा रूपान्तरण गर्नुपर्ने प्रावधानमा उनीहरूको कडा आपत्ति थियो।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालका लागि विधेयकलाई संसदमा दर्ता नगर्न निर्देशन दिएपछि उनीहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन्।

साउन २६, २०८० शुक्रबार १४:२०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।