कांग्रेस सांसद समातिँदा एमालेको आपत्ति, संसद चल्न दिएन

कांग्रेस सांसद समातिँदा एमालेको आपत्ति, संसद चल्न दिएन

काठमाडौं : नक्कली शैक्षिक प्रमाण पत्र बनाएको आरोपमा नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ पर्दा उनकै पार्टी मौन छ। तर, संसदमा एमालेका सांसदहरू शर्माको पक्राउको विरोधमा उत्रिए।

प्रतिनिधि सभाको बैठकमा एमाले सांसद ज्वालाकुमारी साहले पहिल्यै छानबिनको म्याद सकिएको विषयमा सांसदलाई समातेको भन्दै विरोध गरेकी थिइन्।

उनले शर्मा सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको पक्षमा भएकाले समातिएको भन्दै अहिले आएर सरकारले पुरानो बखेडा झिकेर सांसदलाई समातेको भन्दै विरोध गरिन्।

अनि एमालेका सांसदहरू उठेर विरोध गरे। सभामुखले बस्न गरेको आग्रह नमानेपछि सदन स्थगित गरियो।

एमालेले सय किलो सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै निरन्तर संसद अवरोध गर्दै आएको छ।

उता बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कांग्रेस सांसद शर्मासहित सात जनालाई नक्कलि शैक्षिक प्रमाण पत्रको आरोपमा समातेको थियो।

साउन २६, २०८० शुक्रबार १४:०७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।