प्रतिपक्षको अवरोध हटाउन राष्ट्रिय सभामा सत्तापक्षको विरोध, बैठक स्थगित

प्रतिपक्षको अवरोध हटाउन राष्ट्रिय सभामा सत्तापक्षको विरोध, बैठक स्थगित

काठमाडौं : राष्ट्रिय सभाको शुक्रबारको बैठक सत्तापक्ष र प्रतिपक्ष दुवैको विरोधपछि अवरुद्ध भएको छ। 

प्रमुख प्रतिपक्षी एमालेले बैठकमा अवरोध गरेपछि सत्ता पक्षका सांसदहरुले पनि बैठक सञ्चालन हुनुपर्ने भनेर आसनबाट उठेर विरोध जनाए। 

बैठकमा सांसदहरुले समसामयिक विषयमा धारणा राखेपछि कार्यसूचीमा प्रवेश गर्ने बेला एमालेले अवरोध गरेको थियो।यसको विरुद्धमा सत्तापक्ष पनि उठेपछि बैठक सञ्चालन हुन सकेन। बैठक साउन ३१ गते बुधबारसम्मका लागि स्थगित भएको छ।

क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले सदन अवरुद्ध गर्दै आएको छ ।

 

साउन २६, २०८० शुक्रबार १२:४१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।