दुवै सदनको अवरोध नहटेपछि राष्ट्रपतिलाई गुहार्न पुगे सभामुख र सभाध्यक्ष

दुवै सदनको अवरोध नहटेपछि राष्ट्रपतिलाई गुहार्न पुगे सभामुख र सभाध्यक्ष

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालले दुवै सदनमा अवरोध कायमै राखेपछि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहयोगका लागि राष्ट्रपति रामचन्द्र पौडेलकोमा पुगेका छन्।

शुक्रबार राष्ट्रपतिलाई भेटेर संसद्को गतिरोध अन्त्यका लागि उनीहरुले सहयोग मागेका हुन्। उनीहरुले अभिभावकको नाताले पहल गरिदिन अनुरोध पनि गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान १० बजेदेखि आधा घण्टा भएको भेटमा संसद्को जारी अवरोधबारे छलफल भएको हो।

भेटमा राष्ट्रपति पौडेलले सदन अवरोध खुलाउन जारी छलफलबारे जानकारी लिएका थिए।

साउन २६, २०८० शुक्रबार १२:०८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।