नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउ

काठमाडौं : नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौंस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका सीआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार चौधरीलाई शुक्रबार बिहान मोरङबाट र शिल्पकारलाई गए राति काठमाडौंबाट पक्राउ गरिएको हो।

नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्यूरोले अपरेसन थालेको छ।

बिहीबार ब्यूरोले नेपाली कांग्रेसका सांसद सुनिल शर्मासहित पाँच जनालाई पक्राउ गरेको थियो।

साउन २६, २०८० शुक्रबार १०:१५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।