आज संसद् बैठक बस्दै, एमालेले चल्न देला?

आज संसद् बैठक बस्दै, एमालेले चल्न देला?

काठमाडौं : आज (शुक्रबार) संसद्को बैठक बस्दैछ। तर प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण दिउँसो १ बजेको लागि बोलाइएको बैठक आज पनि चल्न नसक्ने देखिएको छ।

क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले लगातार रुपमा दुवै सदन अवरुद्ध गर्दै आएको छ।

सदनको अवरोध हटाउन शीर्ष नेताबीच पटक पटक छलफल भए पनि खासै सहमति हुन सकेको छैन । मंगलबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले क्विन्टल सुन तस्करी प्रकरणमा दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै एमालेले पुन: सदनमा अवरोध गरेको थियो।

साउन २६, २०८० शुक्रबार ०८:०१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।