अवरुद्ध संसद् खोल्ने उपाय खोज्न काँग्रेस संसदीय दलको बैठक बस्दै

अवरुद्ध संसद् खोल्ने उपाय खोज्न काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ : अवरुद्ध संसद् खोल्ने उपाय खोज्न नेपाली काँग्रेसको संसदीय दलको बैठक बस्दैछ। आज (शुक्रवार) दिउँसो १ बजे नयाँ बानेश्वरको संसद्को लोत्से हलमा काँग्रेस संसदीय दलको बैठक बस्ने भएको हो।

बैठकको छलफलको एजेन्डा तय गर्न बिहीबार काँग्रेस संसदीय दलको कार्यसमिति बैठक बसेको थियो।

बैठकमा अवरुद्ध सदन खुलाउनेसँगै विचाराधीन विधेयकबारे पार्टीको धारणा बनाउने र नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे छलफल हुने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताएका छन्।

आगामी रणनीति, डेङ्गु रोगको रोकथाम, पशुपक्षीमा लाग्ने लम्की रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारे सरकारको ध्यानाकर्षण गराउने काँग्रेसको तयारी छ।

साउन २६, २०८० शुक्रबार ०६:३९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।