अधिकांश प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

अधिकांश प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ : विहारको उत्तरी भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभावमा लुम्बिनी तथा सुदूर पश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाको अनुमान छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोसी, मधेस र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ।

शुक्रवार राति कोसी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी सम्भावना रहेको महाशाखाले जनाएको छ।

साउन २६, २०८० शुक्रबार ०६:२९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।