आफूमाथिको अविश्वासको प्रस्ताव फेल भएपछि मोदीको व्यङ्ग्य- ‘२०२८ मा अलि बढी तयारी गर्नू’

आफूमाथिको अविश्वासको प्रस्ताव फेल भएपछि मोदीको व्यङ्ग्य- ‘२०२८ मा अलि बढी तयारी गर्नू’

एजेन्सी : आफूविरुद्धको अविश्वासको प्रस्ताव असफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षीमाथि व्यङ्ग्य गरेका छन्।

भारतको लोकसभामा सरकारविरुद्ध विपक्षी गठबन्धनले प्रस्तुत गरेको अविश्वासको प्रस्ताव असफल भएपछि उनले व्यङ्ग्य गरेका हुन्।

‘मलाई आशा छ, सन् २०२८ मा अविश्वास प्रस्ताव ल्याउँदा विपक्षी गठबन्धनले अलि बढी तयारी गर्नेछ’, उनले भने।

बिहीबार ध्वनि मतका आधारमा अविश्वासको प्रस्ताव असफल भएको घोषणा गरिएको थियो।

सरकारले विश्वासको मत पाएसँगै संसदीय मामिलामन्त्री प्रल्हाद जोशीले लोकसभा सदस्य अधिररञ्जन चौधरीलाई निलम्बनको प्रस्ताव अघि सारेका छन्।

विपक्षी गठबन्धनले मणिपुरमा भएको दुःखद घटनालाई लिएर मोदी सरकारमाथि अविश्वासको प्रस्ताव पेश गरेका थिए।
 

साउन २५, २०८० बिहीबार २१:३०:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।