महिला टी–२० विश्वकपको एसिया छनोटका लागि १४ सदस्यीय राष्ट्रिय टोली घोषणा
काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले महिला टी–२० विश्वकपको एसिया छनोटका लागि १४ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ।
रुबिना क्षेत्रीको कप्तानीमा क्यानले १४ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पूजा महतो छन्।
यस्तै, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुबि पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोलले पनि राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।
अगस्ट ३१ देखि ९ सेप्टेम्बरसम्म मलेसियामा हुने प्रतियोगिताको समूह ए मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र युएई छन्।
समूह बी मा चीन, हङकङ, कुवेत, थाईल्यान्ड र म्यानमार छन्। प्रतियोगिता हरेक समूह शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल क्वालिफायर खेल्न पाउनेछन्।
साउन २५, २०८० बिहीबार २१:१९:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।