राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेट भएको छ।

भेटमा समसामयिक राजनीतिका विषयमा छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

प्रधानमन्त्री दाहाल बिहीबार साँझ नियमित भेटघाटका क्रममा राष्ट्रपति कार्यालय पुगेका थिए। भेटमा प्रधानमन्त्री दाहालले राष्ट्रपतिसमक्ष विश्व खाद्य कार्यक्रमबारे ब्रिफिङसमेत गरे।

प्रधाानमन्त्री दाहाल यही साउनको पहिलो साता इटालीमा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालयले आयोजना गरेको कार्यक्रम सहभागी भइ फर्किएका थिए।

प्रेस सल्लाहकार पोखरेलले भने, ‘प्रधानमन्त्री दाहाल इटालीमा आयोजित विश्व खाद्य कार्यक्रमबाट फर्किनु भएयता राष्ट्रपतिसँग भेट भएको थिएन। आजको भेटमा राष्ट्रपतिले उक्त कार्यक्रमबारे जानकारी लिनुभयो।’

साउन २५, २०८० बिहीबार २०:४१:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।