सिआइबीको हिरासतमा सांसद शर्मासहित पाँच चिकित्सक

सिआइबीको हिरासतमा सांसद शर्मासहित पाँच चिकित्सक

काठमाडौँ : नक्कली शैक्षिक प्रमाण पत्र भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सांसद सुनिल शर्मासहित पाँच जनालाई पक्राउ गरेको छ।

ब्युरोस्रोतका अनुसार नोबेल अस्पतालका सञ्चालक समेत रहेका शर्मासहित डा एरिना यादव, डा रामबाबु यादव,अमृत चौधरी र डा रञ्जित कुमार यादवलाई सिआइबीले पक्राउ गरेको हो।

पक्राउ परेका अमृत त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सक रहेको खुलेको छ। अन्य चिकित्सक कार्यरत अस्पतालको नाम खुलेको छैन।

शर्मा मेडिकल व्यवसायी हुन्। उनी अहिले नेपाली कांग्रेसका प्रतिनिधि सभाका सांसद हुन्।

साउन २५, २०८० बिहीबार २०:१५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।