पक्राउ पर्ने बेलामा सांसद शर्माले भनेका थिए- ‘उत्तर कोरियाको राज्यसत्ताद्वारा गिरफ्तार सुनिल शर्मा’

पक्राउ पर्ने बेलामा सांसद शर्माले भनेका थिए- ‘उत्तर कोरियाको राज्यसत्ताद्वारा गिरफ्तार सुनिल शर्मा’

काठमाडौं : नेपाली कांग्रेसका सांसद सुनिल शर्मा बिहीबार आफ्नै निवास गोल्फुटारस्थित निवासबाट पक्राउ परे।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शर्मालाई शैक्षिक प्रमाणपत्र किर्ते अभियोगमा पक्राउ गर्यो।

पक्राउ पर्ने बेलामा उनले आफू खुसी रहेको बताए। उनी पक्राउ पर्दाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

उक्त भिडियोमा उनले पक्राउ पर्दैगर्दा उनले भनेका छन्, ‘उत्तर कोरियाको राज्यसत्ताद्वारा गिरफ्तार सुनिल शर्मा। आइ एम ह्याप्पी, डन्ट वरी।’

भिडियोमा चार जना सीआईबी अधिकारी देखिएका छन्।

सीआईबीले २०७३ मा नक्कली प्रमाण पत्रको आधारमा चिकित्सक बनेकाहरूबारे विशेष क्वाक अप्रेशन चलाएको थियो। त्यहि मुद्दामा उनी अहिले पक्राउ परेका हुन्।

साउन २५, २०८० बिहीबार १९:५६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।