भैरहवा उडेको बुद्ध एयरको जहाज काठमाडौं फर्कियो, अर्को जहाजमा पठाइए यात्रु

भैरहवा उडेको बुद्ध एयरको जहाज काठमाडौं फर्कियो, अर्को जहाजमा पठाइए यात्रु

काठमाडौं : काठमाडौंबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ।

9N-ANP जहाजमा प्राविधिक समस्या देखिएपछि जहाजलाई काठमाडौं विमानस्थलमा अवतरण गराईएकाे बुद्ध एयरले जनाएको छ।

काठमाडौं फर्काइएका यात्रुलाई अर्काे जहाजबाट भैरहवा पठाइएको बुद्ध एयरले आफ्नो सामाजिक सञ्जालमार्फत जनाएको छ।

साे जहाजलाई टेक्निकल टिमले जाँच गरिरहेको छ।

काठमाडौंबाट भैरहवा उडान 857 मा प्राविधिक समस्यादेखिएपछि जहाजलाई काठमाडौं विमानस्थलमा अवतरण गराईएकाे छ । यात्रुलाई अर्काे जहाजबाट भैरहवा पठाउन लागिएकाे छ । साे जहाज 9N-ANP लाई हाम्रा टेक्निकल टिमले चेकजाँच गरिरहेका छन् ।

— Buddha Air (@AirBuddha) August 10, 2023

साउन २५, २०८० बिहीबार १९:२५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।