सांसद सुनिल शर्मा पक्राउबारे कांग्रेसले भन्यो- जानकारी लिइरहेका छौँ

सांसद सुनिल शर्मा पक्राउबारे कांग्रेसले भन्यो- जानकारी लिइरहेका छौँ

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको सांसद सुनिल शर्मा पक्राउ परेकोबारे जानकारी लिइरहेको बताएको छ।

संसदीय दलको कार्यसमितिको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले किन पक्राउ गरिएको हो भन्ने जानकारी लिइरहेको बताएका हुन्।

‘यस (पक्राउ परेको) बारेमा हामीलाई भर्खरै जानकारी भएको छ,’ उनले भने, ‘के विषयमा केका लागि किन उहाँलाई पक्राउ गरेको हो भन्नेबारेमा जानकारी लिइराखेका छौँ। जानकारी लिइसकेपछि हामी हाम्रो धारणा सार्वजनिक गछौं।’

उनले सभामुख र सीआईबीबाट जानकारी लिएपछि आधिकारीक धारणा बनाउने बताए।

साउन २५, २०८० बिहीबार १९:०२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।