वन क्षेत्रलाई अब रोजगारी र आम्दानीको स्रोत बनाउनुपर्छ : केपी ओली

वन क्षेत्रलाई अब रोजगारी र आम्दानीको स्रोत बनाउनुपर्छ : केपी ओली

काभ्रे : एमाले अध्यक्ष केपी शर्मा ओलीले वन क्षेत्रलाई रोजगारी सिर्जना र आम्दानीको स्रोतका रूपमा विकास गर्नुपर्ने बताएका छन्।

सामुदायिक वन दिवस २०८० का अवसरमा बिहीबार काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ मा आयोजित वृहत् वृक्षारोपण कार्यक्रममा उनले वन क्षेत्रको सुरक्षा गर्दै यसको बहुआयामिक ढङ्गले उपयोग गर्नुपर्ने बताए। 

‘अबको समयमा वन क्षेत्रलाई रोजगारी र आम्दानीको स्रोत बनाउने काम गर्नुपर्दछ,’ उनले भने, ‘वन क्षेत्रलाई व्यवस्थित रूपले सुरक्षित गर्दै ठूला रुखमा लहरे फल तथा मसलाजन्य लगायत फलफूल हावापानी अनुकूल रोपेर सदुपयोग गर्नुपर्दछ।’

अध्यक्ष ओलीले खेर गएका ठाउँलाई वृक्षारोपण गरी सुन्दर र आकर्षित पर्यटकीयस्थल बनाउन सकिने बताए।

उनले भने, ‘स्थानीय तहले त अब हावापानी अनुकूल हेरेर स्थानीय वन–जङ्गललाई कृषि वनका रूपमा विकास गर्नुपर्दछ।’ 

केही वर्षदेखि वैज्ञानिक वन–जङ्गलका नाममा पुराना सालघारी नष्ट गरिएकामा उनले दुखेसो समेत पोखे।

साउन २५, २०८० बिहीबार १७:३८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।