समय अनुसार चल्न नसके अब कांग्रेसलाई अप्ठ्यारो पर्न सक्छ : प्रकाशमान सिंह

समय अनुसार चल्न नसके अब कांग्रेसलाई अप्ठ्यारो पर्न सक्छ : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई समय अनुसार परिवर्तन गर्दै लैजानुपर्ने बताएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ मा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीले गरेका राम्रा कामलाई प्रचारप्रसार गर्नुपर्ने बताए।

‘देशको राजनीतिक अवस्था पहिलेको जस्तो छैन। समय र परिस्थिति अनुसार चल्न नसके आगामी दिनमा कांग्रेसलाई अप्ठ्यारो पर्न सक्छ,’ नेता सिंहले भने, ‘ठूलो पार्टी र इतिहासको मात्र कुरा गर्नुभन्दा आफूलाई परिवर्तन गर्दै लैजानुपर्छ।’

पार्टीका पूर्व महामन्त्री सिंहले पार्टीभित्र मतभेद हुनु स्वाभाविक भए पनि एक अर्कालाई दोष लगाएर कोही बलियो हुन नसक्ने बताए। कांग्रेस कमजोर हुँदा व्यक्ति बलियो हुन नसक्ने उनको भनाइ थियो।

नेता सिंहले अबका दिनमा पार्टीलाई विधि सम्मत ढङ्गले अगाडि बढाएर आगामी निर्वाचनमा थप बलियो हुनुपर्नेमा जोड दिए।

साउन २५, २०८० बिहीबार १७:०९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।