कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शर्मालाई पक्राउ गरेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पुष्टि गरेका छन्।

उनलाई नक्कली प्रमाणपत्र प्रकरणमा अनुसन्धानका लागि गल्फुटारस्थित निवासबाटै प्रकाउ गरेको हो।

शर्माले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशरण महतमाथि नै अनुसन्धान गर्नुपर्ने भन्दै आएका छन्।

उनी मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्। शर्मा कांग्रेस नेता शेखर कोइराला पक्षका मानिन्छन्।

साउन २५, २०८० बिहीबार १६:३९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।