बामफोकले हानेर श्रीमतीको हत्या

बामफोकले हानेर श्रीमतीको हत्या

इलाम : आफ्नै श्रीमती ४५ वर्षीया डम्बर कुमारी तामाङको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सूर्योदय नगरपालिका–२ सयपत्री टोल डेरा गरी बस्ने पाँचथर हिलिहाङ गाउँपालिका–७ तम्फुवा घर भएका ५० वर्षीय पूर्ण बहादुर तामाङ रहेका छन्। उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

सामान्य विवादको क्रममा सोमबार राति पूर्णबहादुरले बामफोक (दाउरा चिर्ने ठूलो खुँडा) प्रहार गरी श्रीमतीको हत्या गरी फरार भएका उनलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर ईलामबाट खटिएको प्रहरीले सूर्योदय नगरपालिका–२ लालिखर्कबाट पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

साउन २५, २०८० बिहीबार १४:२७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।