पहिरोले अवरुद्ध भैंसे–भीमफेदी सडकखण्ड खुल्यो

पहिरोले अवरुद्ध भैंसे–भीमफेदी सडकखण्ड खुल्यो
फाइल फोटो

मकवानपुर : पहिरोको कारण अवरुद्ध हेटौंडाबाट काठमाडौं जोड्ने छोटो मार्ग अन्तर्गत पर्ने भैंसे–भीमफेदी सडकखण्डमा बिहीबार बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ।

गए राति वर्षासँगै माथिबाट खसेको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा आज बिहान ५ बजेदेखि यातायात सञ्चालनमा आएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार, गए राति भीमफेदी गाउँपालिका–२ ज्यालटारस्थित पहिरो खसी यातायात अवरुद्ध बनेको थियो। लगातार वर्षाका कारण राति पहिरो हटाउन कठिनाइ भएपछि आज बिहानै पहिरो हटाइ यातायात सञ्चालनमा ल्याएको हो।

साउन २५, २०८० बिहीबार १२:३५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।