इक्वेडरमा राष्ट्रपतिको उम्मेदवार रहेका सांसदलाई र्‍यालीमै गोली हानी मारियो

इक्वेडरमा राष्ट्रपतिको उम्मेदवार रहेका सांसदलाई र्‍यालीमै गोली हानी मारियो

एजेन्सी : दक्षिण अमेरिकी देश इक्वेडरमा सांसद तथा राष्ट्रपतिको उम्मेदवार समेत रहेका एक नेताको गोली हानी हत्या भएको छ।

सांसद फर्नान्डो भिल्लाभिसेन्सिओको बुधबार निर्वाचनको र्यालीमा निस्केका बेला उत्तरी सहर क्विटोमा गोली हानेर हत्या हानी ज्यान लिइएको हो।

स्थानीय सञ्चार माध्यमका अनुसार उनलाई आफ्नो कारमा चढ्दै गर्दा एक व्यक्तिले अगाडि नै आएर टाउकोमा गोली प्रहार गरेका थिए।

५९ वर्षीय फर्नान्डोमाथि आक्रमणकारीले तीन राउण्ड गोली चलाएको बताइएको छ।

यसपछि सुरक्षाकर्मीको गोलि लागेर घाइते भएका आक्रमणकारीको पनि ज्यान गएको बीबीसीले जनाएको छ। यस घटनामा दुई प्रहरीसहित अन्य नौ जना घाइते भएका छन्। 

अगस्ट २० मा हुने राष्ट्रपति पदको पहिलो चरणको निर्वाचनका लागि उनी चुनावी अभियानमा थिए।

साउन २५, २०८० बिहीबार ११:३८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।