७ सय १० जनाभित्र नपरेका नेविसंघका नेताहरू सभापति देउवाको घर घेर्न जाँदै

७ सय १० जनाभित्र नपरेका नेविसंघका नेताहरू सभापति देउवाको घर घेर्न जाँदै

काठमाडौँ : नेपाल विद्यार्थी संघको असन्तुष्ट नेताहरूले आज नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास घेराऊ गर्ने भएका छन्।

हालै मनोनित केन्द्रीय सदस्यहरूमा सक्रिय कार्यकर्ता नपरेपछि नेविसंघका असन्तुष्ट समूहले हिजो सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय घेराउ तथा नाराबाजी गरेका थिए। तर, उनीहरूलाई सानेपास्थित केन्द्रीय कार्यालय जान नदिएपछि आज पार्टी सभापति देउवाको निवास घेराउ गर्ने तयारी गरेका हुन्। 

नेविसंघका असन्तुष्ट समूहका विद्यार्थी नेता योगेन्द्र रावलले पार्टी कार्यालयमा प्रवेश नै गर्न नदिएपछि सभापति देउवा निवास घेर्ने तयारी गरेको बताए। 

उनका अनुसार धुम्बाराहीस्थित देउवा निवासमा आज नेविसंघका असन्तुष्ट समूह घेराउ गर्न जानेछन्। उनले नेविसंघ केन्द्रीय समिति सदस्य मनोनयनमा पुनर्विचार गर्न दबाब दिइने बताए। 

असन्तुष्ट समूहको नेतृत्वको गर्ने विद्यार्थी नेता प्राध्यापक प्रेम चलाउनेमाथि हातपात गर्ने नेता हुन्। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको सिफारिसमा सभापति देउवाले ७ सय १० जनालाई केन्द्रीय समितिमा मनोनयन गरेका थिए। 

उनले गरेको सो मनोयननमा रावल पनि अटाएका छैनन्। 

साउन २५, २०८० बिहीबार १०:३०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।