बाँदरको उपद्रो : जीर्ण पोल हल्लाएर स्कुल बसमाथि लडाइदिएपछि...

बाँदरको उपद्रो : जीर्ण पोल हल्लाएर स्कुल बसमाथि लडाइदिएपछि...

भारत उत्तर प्रदेशस्थित मथुरामा बिहीबार बिहान बाँदरले महानगरपालिकाले जडान गरेको दिशा सूचकको पोल र बोर्ड हल्लाउँदा एक दुर्घटना भएको छ।

उक्त जीर्ण पोल स्कूल बसको माथि खसेको थियो। 

मथुरा सहरको कोतवाली क्षेत्रको डम्पियर नगरमा भारतीय समयअनुसार बिहीबार बिहान सवा सात बजे घटना भएको थियो।

नगरपालिकाले यहाँस्थित राज्य सङ्ग्रहालय नजिकैको फलामको पोलमा दिशा सूचक बोर्ड राखेको थियो। यसको पोल पूरै जीर्ण भएको थियो। तर त्यसलाई कसैले ध्यान दिएका थिएनन्। प्रशासनको लापरवाहीले यो दुर्घटना निम्तिएको हो। 

बिहान सबेरै एउटा स्कुल बस बालबालिका लिन जाँदै थियो। त्यही समयमा एउटा बाँदर पोलमा चढ्यो। पोलको माथि बसेर बाँदरले हल्लाएको थियो, जीर्ण पोल ढल्यो। उक्त पोल गुडिरहेको स्कुल बसको माथि खसेको थियो।

त्यो देखेर मानिसहरू रुन थालेका थिए। त्यसपछि आसपासका मानिसहरू भाग्न थालेका थिए। उक्त बसमा बच्चाहरू भने थिएनन्। 

साउन २५, २०८० बिहीबार ०९:४७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।