आज देशभरका धेरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज देशभरका धेरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ : आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूका साथै कोशी र मधेश प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

भारी वर्षा हुने स्थानका नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षयजस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ। 

पछिल्लो ३ घण्टामा कञ्चनपुरको शान्तिपुर, बेलौरी आसपास क्षेत्रमा अति भारी वर्षा मापन भएकाले र सो क्षेत्र भई बहने सुहेली, चौधर खोलालगायत उक्त जिल्लाको साना खहरे खोलाहरूमा बाढी आउने भएकाले सतर्कता अपनाउन भनिएको छ। 

साथै राति लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा भएकाले नदी आसपास क्षेत्रमा सतर्कता अपनाउन पनि भनिएको छ। अहिले लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

साउन २५, २०८० बिहीबार ०८:२५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।