वैदेशिक रोजगारीमा पठाएर क्षतिपूर्ति नदिने दुई म्यानपावरको लाइसेन्स खारेज
काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाएर ठगिएका श्रमिकलाई क्षतिपूर्ति नदिने दुई म्यानपावर कम्पनीको लाइसेन्स खारेज गरेको छ।
विभागले डी स्क्वायर र डिलक्स एचआर म्यानपावरको इजाजत पत्र रद्द गरेको हो। डी स्क्वायरले दुई जना पीडितलाई क्षतिपूर्ति दिन आनाकानी गर्दै आएको थियो।
१५ जनाभन्दा बढी पीडितलाई क्षतिपूर्ति नदिएको भन्दै डिलक्सको इजाजत पत्र खारेज गरिएको हो। वैदेशिक रोजगार ऐन विपरीतको कार्य गरेको पाइएमा विभागले म्यानपावर व्यवसायीको इजाजत पत्र खारेज गर्ने व्यवस्था छ।
दुवै संस्थाले इजाजत पत्र रुद्ध गर्ने निर्णयमाथि चित्त नबुझेमा उक्त निर्णय भएको जानकारी पाएको ३५ दिनभित्रमा श्रम मन्त्रालयमा पुनरावेदन दिन सक्ने कानुनी व्यवस्था छ।
साउन २४, २०८० बुधबार २२:००:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।