महेश बस्नेतको कटाक्ष : समानान्तर राज्यको अभ्यास गर्न मिल्ला रबि जी!

महेश बस्नेतको कटाक्ष : समानान्तर राज्यको अभ्यास गर्न मिल्ला रबि जी!

काठमाडौं : एमाले नेता महेश बस्नेतले मुग्लिङ्ग–नारायणगढ सडकमा जाम हटाउन वाकिटकी सहित राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरू खटिएपछि समानान्तर राज्य चलाएको आरोप लगाएका छन्।

बस्नेतले जिल्ला प्रशासन कार्यालयले सडक अवरुद्ध हटाउन कुनै अमुक दलको सहयोग नलिइएको र स्वीकृति नदिइएको बताएकोको अवस्थामा समानान्तर राज्य चलाएको आरोप लगाएका हुन्।

बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पत्रकार हुदाँ त ठिकै हो नेता भएपछि नि समानान्तर राज्यको अभ्यास गर्न मिल्ला त रबि जी!’

रास्वपाका कार्यकर्ताले चितवनमा र्यापिट एक्सन टिम (आएटी) सञ्चालनमा ल्याएपछि बुधबार प्रशासनले यस्तो नगर्न सचेत गराएको थियो।

त्यसपछि रास्वपाले बुधबार नै स्थानीय तहसँगको समन्वय र जिल्ला प्रशासनसँग अनुमति लिन निर्देशन दिएको थियो।

साउन २४, २०८० बुधबार १९:३१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।