अश्लील फोटो र भिडियोमा नाबालिकाको अनुहार जोडेपछि...

अश्लील फोटो र भिडियोमा नाबालिकाको अनुहार जोडेपछि...

काठमाडौं : अनलाइन मार्फत यौनहिंसा गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–९ बस्ने १९ वर्षीय समिर तामाङ र सोही ठाउँ बस्ने सुरेश तामाङ रहेका छन्। उनीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले फेसबुकमार्फत नाबालिकासँग प्रेम सम्बन्धको बहाना बनाई अडियो र भिडियो कलको माध्यमद्वारा मानसिक तनाव दिएपछि नाबालिकाले प्रोफाइल ब्लक गरेको साइबर ब्यूरोले जनाएको छ।

तत्पश्चात् पनि अपरिचित व्यक्तिको अश्लील फोटो र भिडियोमा पीडित नाबालिकाको अनुहार जोडी सामाजिक सञ्जालमा प्रकाशन तथा प्रदर्शन गरी दुःख हैरानी दिएको खुल्न आएपछि ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ।

साउन २४, २०८० बुधबार १९:१४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।