एकदिवसीय विश्वकपको तालिकामा ठूलो परिवर्तन

एकदिवसीय विश्वकपको तालिकामा ठूलो परिवर्तन

काठमाडौं : आगामी अक्टोबरमा भारतमा हुने एकदिवसीय विश्वकपमा ९ खेलको मिति परिवर्तन भएको छ।

यससँगै आईसीसीले पनि भारत र पाकिस्तानबीचको अहमदाबादमा हुने लिग खेल अब अक्टोबर १५ को सट्टा १४ अक्टोबरमा हुने पुष्टि गरेको छ।

पाकिस्तानको श्रीलंकासँग हैदराबादमा हुने खेल अब अक्टोबर १२ को सट्टा १० अक्टोबरमा हुनेछ।

यी दुवै खेलमा भएको परिवर्तनका कारण लखनउमा हुने अस्ट्रेलिया–दक्षिण अफ्रिकाको खेल अब १३ अक्टोबरको सट्टा १२ अक्टोबरमा हुनेछ।

यसअघि अक्टोबर १४ मा दिल्लीमा हुने इङ्ल्यान्ड र अफगानिस्तानको खेल अब अक्टोबर १५ मा हुनेछ।

बंगलादेशसँगको चेन्नईमा हुने न्यूजिल्याण्डको खेल १४ अक्टोबरको दिनको खेलबाट १३ अक्टोबरको दिन रातको खेलमा परिवर्तन हुनेछ।

अक्टोबर १० मा धर्मशालामा हुने इंग्ल्याण्ड र बंगलादेशको खेल डे–नाइटको रुपमा पनि खेलाइनेछ।

यसअघि नोभेम्बर १२ मा अष्ट्रेलिया विरुद्ध बंगलादेश (पुणे) र इङ्ल्यान्ड र पाकिस्तान (कोलकाता)बीच दुई खेल हुने तय भएको थियो। अब यी खेलहरू ११ नोभेम्बरमा खेलिनेछ।

बङ्गाल क्रिकेट संघले नवरात्र पूजाका कारण खेलको मिति १२ नोभेम्बरमा परिवर्तन गर्न अनुरोध गरेको थियो।

यी परिवर्तनहरूको कारण, विश्वकपको लिग चरण अब बैंगलोरमा १२ नोभेम्बरमा समाप्त हुनेछ, जुन पहिले नोभेम्बर ११ मा समाप्त हुने तालिका थियो।

विश्वकप क्रिकेट अक्टोबर ५ मा सुरु हुनेछ, जसको पहिलो खेल इंग्ल्याण्ड र न्युजिल्याण्डबीच हुनेछ र फाइनल नोभेम्बर १८ मा अहमदाबादमा हुनेछ।

प्रतियोगिताको सेमिफाइनल अक्टोबर १५ र १६ मा कोलकाता र मुम्बईमा हुनेछ।

साउन २४, २०८० बुधबार १८:५७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।