जेलमा झिंगा र लामखुट्टेबाट दिक्क इमरान खान, वकिललाई भने- मलाई यहाँबाट निकाल

जेलमा झिंगा र लामखुट्टेबाट दिक्क इमरान खान, वकिललाई भने- मलाई यहाँबाट निकाल

एजेन्सी : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले जेलमा रहेका आफ्ना वकिलहरूलाई आफू जेलमा बस्न नचाहेको बताएका छन्।

दिनमा झिंगा र रातमा लामखुट्टेले हैरान पारेको भन्दै उनले आफूलाई छिटो जेलबाट निकाल्न आग्रह गरेको जेलका स्रोतहरूलाई उद्धृत गर्दै जियो न्यूजले जनाएको छ।

पाकिस्तानको एक अदालतले तोशाखाना मुद्दामा इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाएको थियो।

शनिबार इस्लामावादको स्थानीय अदालतको फैसला आएको केही समयपछि ७० वर्षीय इमरान खानलाई उनको घरबाट पक्राउ गरिएको थियो।

उनले आफ्नो सजायविरुद्ध इस्लामाबाद उच्च अदालतमा अपिल गरेका छन्।

सोमबार जेल प्रशासनले इमरान खानका वकिल नईम हैदर पन्जोथालाई भेट्न अनुमति दिएको थियो। भेटपछि उनले पूर्वप्रधानमन्त्रीलाई निकै खराब अवस्थामा राखेर कारागारमा सी क्लासको सुविधा दिएको आरोप लगाए।

इमरान खानले २०१८ र २०२२ को बीचमा आफ्नो प्रधानमन्त्री रहँदा सरकारी खजानाबाट उपहारहरू किनबेच गर्ने अधिकारको दुरुपयोग गरेको आरोप छ।

उनले आफ्नो विदेश भ्रमणका क्रममा यी उपहार प्राप्त गरेका थिए जसको मूल्य १४ करोड पाकिस्तानी रुपैयाँ थियो। पाकिस्तानमा राष्ट्रका शीर्ष नेताहरूले प्राप्त उपहार सरकारी कोषको तोशाखानामा जम्मा गर्ने नियम छ।

साउन २४, २०८० बुधबार १७:४५:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।