पर्सा र कास्कीका दुई जनाको नेपाली नागरिकता रद्द

पर्सा र कास्कीका दुई जनाको नेपाली नागरिकता रद्द

काठमाडौं : सरकारले दुई जनालाई नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ।

पर्सा र कास्कीको ठेगाना राखेर वंशजको आधारमा नागरिकता लिएका दुई जनालाई नेपालको नागरिकबाट हटाउने निर्णय गरेको सरकारी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

उनीहरूले झुट्ठो विवरण पेश गरी वंशजको आधारको नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकाले रद्द गरेको शर्माले बताइन्।

साउन २४, २०८० बुधबार १७:११:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।