मदन पुरस्कार २०७९ का लागि ५ पुस्तकको मनोनयन सार्वजनिक

मदन पुरस्कार २०७९ का लागि ५ पुस्तकको मनोनयन सार्वजनिक

काठमाडौं : मदन पुरस्कार गुठीले प्रत्येक वर्ष प्रदान गर्दै आएको मदन पुरस्कार २०७९ का लागि ५ वटा छनोट भएका पुस्तकको सूची सार्वजननिक गरको छ।

गुठीले बुधबार विज्ञप्ति निकाल्दै पाँच पुस्तकको सूची सार्वजनिक गरेको हो।

सूचीमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको एोठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय बिष्टको माटाको घरलाई श्रेष्ठ समावेश गरिएको छ।

यिनै पाँच कृतिमध्ये एकलाई सर्वोत्कृष्ट कृतिका रूपमा मदन पुरस्कार प्रदान गरिनेछ। हाल मदन पुरस्कारको राशि चार लाख रूपैयाँ तोकिएको छ।

२४ साउन, २०८०, १६:१५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।