सरकारले भन्यो– ल्यारक्याल लामाको नियुक्ति कानूनसम्मत छ

सरकारले भन्यो– ल्यारक्याल लामाको नियुक्ति कानूनसम्मत छ

काठमाडौं : सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्यारक्याल लामाको नियुक्ति कानूनसम्मत भएको जनाएको छ।

बिहीबार सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले लामको नियुक्ति कानूनी हिसाबले ठिक भएको बताइन्।

‘कुनै पनि व्यक्ति एकपटक विवादित भएपछि कानूनी रूपमा सफाइ पाएको छ भने उसलाई सधैँभरी खराब हो भनिराख्न मिल्दैन जस्तो मलाई लाग्छ,’ उनले भनिन्, ‘कानूनी रूपमा सरकारले गलत गरेको छैन। उहाँको कामको आधारमा मूल्याङ्कन भइहाल्छन्।’

विगतको पृष्ठभूमिमा कानूनी रुपमा सफाइ पाइसकेको भन्दै मन्त्री शर्माले लामबारे उठेका विषयहरू भावनात्मक मात्र भएको बताइन्।

साउन २४, २०८० बुधबार १५:५१:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।