नेपालगञ्ज घुम्न जाउँ भनी फकाएर १५ वर्षीया किशोरी बलात्कार

नेपालगञ्ज घुम्न जाउँ भनी फकाएर १५ वर्षीया किशोरी बलात्कार

बाँके : नेपालगञ्ज घुम्न जाउँ भनी फकाएर १५ वर्षीया किशोरीलाई बलात्कार गर्ने एक  जनालाई प्रहरीले पक्राउ गरेको छ।

बलात्कारको अभियोगमा प्रहरीले दैलेख दुल्लु नगरपालिका–६ धामीगाउँ बस्ने २३ वर्षीय सुरेश रावललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

रावलले ती किशोरीलाई गत बिहीबार नेपालगञ्ज घुम्न जाउँ भनि ललाई फकाई बाँके नेपालगञ्ज उपमहानगरपालिका–१ पुष्पलाल चोकस्थित होटलमा लगी जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

साउन २४, २०८० बुधबार १५:३१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।