४१ अंकले बढ्यो नेप्से, कारोबार भने २ अर्ब पनि छोएन

४१ अंकले बढ्यो नेप्से, कारोबार भने २ अर्ब पनि छोएन

काठमाडौं : कारोबार हुने साताको चौथो दिन शेयर बजार परिसूचक नेप्से ४१ अंकले बढेको छ।

बुधबार नेप्से ४१.०६ अंकले बढेर २०६०.९१ विन्दुमा पुग्दा सेन्सेटिभ इन्डेक्स ७.४८ विन्दुले बढेर ३९३.०५ विन्दुमा चढेको छ।

उपसूचक समूहमा म्युचल फन्डबाहेकका सबै उकालो लागेका छन्। म्युचल फन्ड ०.४१ प्रतिशतले ऋणात्मक रहँदा व्यापार समूह ३.६२ प्रतिशतले बढेको छ।

शेयर बजार बढे पनि कारोबार रकम भने बढ्न सकेन। २६५ कम्पनीका ५० लाख १० हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८८ करोड ८३ लाख रुपैयाँको कारोबार भयो।

कारोबारका हिसाबले सबैभन्दा बढी आइएमई लाइफ इन्स्योरेन्स र दोस्रो स्थानजमा शिवम् सिमेन्ट छ। यी दुईको कारोबार क्रमशः १५ करोड र ८ करोड छन्।

साउन २४, २०८० बुधबार १५:१६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।