सुनिताले भनिन्– ‘२०८१ मा विवाह गर्छु’
काठमाडौं : नेपालका अधिकांश अविवाहित सेलिब्रेटीको विवाहका प्रश्नले हैरान हुने गरेका छन्।
अभिनेत्री केकी अधिकारी, वर्षा राउत, प्रियंका कार्की लगायतले यस प्रश्नबाट मुक्ति पाइसकेका छन्। अझै कयौं सेलिब्रेटीले यो प्रश्नको सामना गरिरहेका छन्। यस्तैमध्येकी एक गायिका हुन् सुनिता दुलाल।
हरेक साल विवाहको प्रश्नबाट जुध्दै आएकी उनले यसपाली भने विवाहको मिति नै पक्का गरेकी छन्। उनले २०८१ सालमा आफ्नो विवाह हुने बताइन्।
मंगलबार काठमाडौंमा आफ्नै तीज गीत ‘पियारी’ रिलिज कार्यक्रममा उनले यस्तो बताएकी हुन्।
उनले भनिन्, ‘विवाहका लागि सबै कुरा मिल्नुपर्यो। ढिलो होस् तर राम्रो होस्। विवाहको योजनामै छु। २०८१ सालमा विवाह गर्छु।’
विवाहपछि गायनमा लाग्न पाउँदिन कि भन्ने चिन्ता दुलाललाई रहेछ। प्रेसमिटमा उनले आफूलाई बुझ्ने दुलाहा पाए अर्को साल विवाह गर्ने बताइन्।
उनले अघिल्ला वर्ष पनि विवाहको तयारी हुँदैछ भन्दै आएकी थिइन्। तर, हल्लामा मात्रै सीमित हुन पुग्यो।
तीन वर्ष अघि एक व्यापारीसँग विवाह बन्धनमा बाँधिएको भन्दै समाचार समेत बनेका थिए।
समाचार बाहिर आउन थालेपछि उनी आफैँ छक्क परेको र त्यसमा सत्यता नरहेको भन्दै खण्डन गरेकी थिइन्।
साउन २४, २०८० बुधबार १४:१३:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।