एमालेको नाराबाजीपछि आज पनि संसद् कार्यसूचीमै प्रवेश गरेन

एमालेको नाराबाजीपछि आज पनि संसद् कार्यसूचीमै प्रवेश गरेन

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा नाराबाजी गरेपछि आज पनि संसद् चल्न सकेन। 

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले आइतबारको प्रतिनिधिसभा बैठक पनि सुरु हुनेबित्तिकै बोल्ने समय मागेको थियो।

तर सत्तापक्षका सांसदहरुले पनि बोल्न समय मागेका थिए। सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न समय दिएपछि सत्तारुढ सांसदहरूले विरोध जनाएका थिए। सभामुखले एमाले सांसद थापालाई 'समय सकियो' भनेपछि एमाले सांसदहरूले बेलमा आएर नाराबाजी गरे।

त्यसपछि सभामुख घिमिरेले आजलाई तय गरिएको संसदको सबै निर्धारित कार्यक्रम सूचीबाट हटाइएको र संसदको अर्को बैठक साउन २६ गते शुक्रबार बस्ने जनाए। 

साउन २४, २०८० बुधबार १३:४५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।