पोखरीमा डुबेर बालक दाजुभाइकै मृत्यु

पोखरीमा डुबेर बालक दाजुभाइकै मृत्यु

कविलवस्तु : कृष्णनगर नगरपालिका-५ बगहीमा पोखरीमा डुबेर बालक दाजुभाइकै मृत्यु भएको छ।  

रामअवतार यादवका ७ वर्षीय छोरा साजन र ५ वर्षीय छोरा राजनको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए। 

मंगलबार बेलुका घरदेखि निस्किएका उनीहरू नफर्किएपछि खोजी गरिएको थियो। खोजतलास गर्ने क्रममा बुधबार बिहान ७ बजे डुबेको अवस्थामा शव फेला परेको थियो। पानी जमेको पोखरीमा माटो निकाल्दा दाजुभाइको शव फेला परेको ओलीले बताए। 

तौलिहवा जिल्ला अस्पतालमा शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साउन २४, २०८० बुधबार १३:२४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।