महिनावारी भएका बेला गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पले डसेर मृत्यु

महिनावारी भएका बेला गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पले डसेर मृत्यु

बैतडी : महिनावारी भएका बेला छाउगोठमा सुतेकी एक किशोरीको सर्पको टोकइ मृत्यु भएको छ। 

पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको मृत्यु भएको हो।

महिनावारी भएको बेला गोठमै सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राति सर्पले डसेको र बुधबार बिहान उनको मृत्यु भएको वडा नं ४ को कार्यालयमा कार्यरत ईएमआईएस अपरेटरसमेत रहेका स्थानीय प्रेम बहादुर चन्दले जानकारी दिए।

‘महिनावारी भएको चार दिन भएको रहेछ, गाईर्भैँसीकै गोठमा सुतेकी रहिछन्,' चन्द्ले भने, 'मध्यराति सर्पले टोकेर घाइते बनाएको हो, आफन्तले वैद्यलाई बोलाउन गएको समयमा उनको घरमै मृत्यु भयो।’

किशोरी अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा पढ्थिन्। 

साउन २४, २०८० बुधबार १०:२९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।